काठमाडौं । पोटोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङकर चालकहरुले बीमा सुविधाको माग गरेका छन् । नेपाल पेट्रोलियम चालक संघले कोरोना संक्रमणविरुद्ध खटिने स्वास्थ्यकर्मी बीमा सुबिधाको माग गरेको हो।
संघले नेपाल आयल निगमलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो सुबिधा माग गरेको हो । ‘सरकारले घोषणा गरेको राहतमा चिकित्सक, नर्स, एम्बुलेन्स चालकहरु लगायतलाई २५ लाख रुपैयाँको बीमा गर्ने भनिएकोमा त्यस क्षेत्रका चालक परिचालकहरुलाई पनि समेट्ने व्यवस्था मिलाउनसंघले निगमसँग माग गरेको हो ।
ट्यांकर चालकहरुलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्न, स्वास्थ्य सेवा निःशुल्क बनाउन समेत माग गरिएको छ ।