IME Life

पसिना बगाउन दुबई पुगेकी बुटवलकी पराजुलीको कोरोना संक्रमणबाट मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खाडी मुलुकमा पसिना बगाएर गर्जो टार्ने सपना बोकेर दुबई पुगेकी बुटवलकी एक महिलाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित रुपन्देही देबदह– ६ की बिनु पराजुलीको गत शुक्रबार मृत्यु भएकोमा उनको मृत्यु कोरोनाबाट भएको अस्पतालले पुष्टि गरेको छ ।

४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् । मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो । स्वाब परिक्षणको क्रममा ति महिलालाई कोरोना भएको पुष्टि भएको त्यहाँबाट पत्रकार बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।

Prabhu
Crest

एक साताअघि ज्वरो आएपछि जचाउन पुगेकी उनलाई स्थानीय अस्पताले औषधी दिएर पठाएको थियो । शुक्रबार सुतेको ठाउँबाट नउठेपछि हेर्दा मृत फेला परेकी थिईन् । दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार उनका श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको छ । सो घटना लगत्तै रुपन्देही देवदहस्थित उनको परिवार शोकमा डुबेको छ । ति महिला विगत ९ वर्षदेखि दुबईमा कार्यरत रहेको खुलेको छ । भिषाको म्याद सकिएपछि भिजिट भिषा बनाएर काम गर्दै आएको खुलेको छ । साथै उनको श्रीमान डोलराज एक महिनादेखि भिजिट भिसामा युएईमा पुगेको बेला श्रीमतीलाई कोरोनाले संक्रमित बनाएको हो ।

कोरोनाको सन्त्रासको बेला मृतकको शव नेपाल लान नसक्ने भएकाले यतै दाहसंकार गर्ने तयारी गएिको छ । युएईमा ११ नेपाली कोरोनाबाट संक्रमित भएका छन् । खाडी मुलुकमा काम गर्न गएका कामदार मृत्यु भएको यो पहिलो घट्ना हो । यसअघि अमेरिका र बेलायतमा गरी झण्डै आधा दर्जन नेपालीको कोरोनाबाट मृत्यु भइसकेको छ ।

मृतकले सुरुमा गएको कम्पनी छोडिसकेको र भिजिट भिषाको म्याद थप गरेर बसेकाले आप्रबासी कामदारले पाउने बीमा लगायतको सुविधा समेत निजका परिवार पाउने सम्भावना न्यून रहेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS