IME Life

चीनले पठाएको हजार भेन्टिलेटरले नधानेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग मागे सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सैन्यशक्ति, प्रविधि र अर्थतन्त्रको आधारमा विश्वको सुपर पावर अमेरिका कोरोनाको महामारीका कारण जटिल र अप्ठेरो अवस्थासँग जुधिरहको छ । विश्लेषकहरुले अमेरिका अकल्पनीय दुर्घटनाको शिकार हुनसक्ने चेतावनी दिइरहेका छन् ।

Prabhu
Crest

कोरोनाविरुद्ध जुधिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज भारतसँग औलोको खोप सहयोग गर्न आग्रह गरेका छन् । चीनले पठाएको एक हजार थान भेन्टिलेटर न्यूयोर्कमा झारिएको भोलिपल्ट भारतसँग खोप सहयोग मागेका हुन् ।
ट्रम्पले भारतले प्रतिबन्ध लगाएको कारण औलोको खोपमा प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन अभाव भएको भन्दै भारतलाई सहयोग गर्न आग्रह गरेका हुन् । आइतबार राष्ट्रपति टम्पले भारतलाई उक्त खोप कोरोनाविरुद्ध लडिरहेको अमेरिकाका लागि निकै महत्वपूर्ण हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

यद्यपि चिकित्सकहरुले उक्त खोप कोरोना भाइरसविरुद्ध काम गरेको भन्ने पुष्टि गरिसकेका भने छैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले औलोको खोप कोरोना रोगीलाई प्रयोग गर्न दिने निर्णय गरिसकेका छन् । यता, भारतले भने उक्त खोप निर्यातमा रोक लगाइएकेको छ । भारतले सो सम्बन्धमा निर्णय गर्न बाँकी छ ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था निकै कमजोर बन्दै गइरहेको छ । कोरोनाका कारण विश्वभरका बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरु प्रभावित भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS