IME Life

कपिलबस्तुमा भिषण आगोलागी, २५ घर जले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कपिलबस्तुको बिजयनगरमा आज भएको आगोलागीमा परी २५ घर जलेर नष्ट भएका छन् । घट्नामा मानवीय क्षति भएको छैन । कोरोना भाइरसको महामारीका कारण सर्वसाधारण घरैभित्रै बस्नुपर्ने अवस्थामा कपिलवस्तुको विजयनगरका २५ घरका जनता घरवार विहिन भएका हुन् ।

Prabhu
Crest

कपिलबस्तु प्रहरीले शुक्रबार अपरान्ह ४ः०० देखि एक स्थानीयको घरबाट फैलिएको आगोले बस्तीमा रहेको २५ घरगोठ जलेर खरानी भएको जानकारी दियो । कपिलवस्तुका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक दीपशमशेर राणाका अनुसार सिंगो बस्ती आगोलागीको चपेटामा परेको छ । आगलागीबाट भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र नगद गरी एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उनीलाई राहत वितरणको प्रयास भइरहको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टाको प्रयासपछि तौलिहवाबाट आएको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगोलागी सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घट्नामा बीमा दावी पर्ने सम्भावना न्यून रहेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS