SKIP THIS

National Insurance
IME Life

इसेवा सम्बद्ध सिरानटेकद्वारा गम्भिर साईबर अपराध, इसेवाका अलीविरुद्ध मुद्दा चल्न सक्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डिजिटल भुक्तानीको लोकप्रिय माध्यम इसेवाको भगिनी संस्था सिरानटेक र यसका सञ्चालकमाथि गम्भिर साईबर क्राईमको अभियोग लागेको छ । इसेवाको भगिनी संस्था सिरानटेक नामक वेभ होस्टिङ तथा डेभलपिङ कम्पनीले एक सञ्चार माध्यमको एडमिन प्यानलभित्र अनाधिकृत रुपमा छिरेर समाचार डिलेट गरेको स्वीकार गरेको छ ।

विवादास्पद ओम्नी टेक नामक कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गरिएको विषयमा प्रधानमन्त्री केपी ओलीका आईटी सल्लाहकार तथा इसेवाका मालिक अस्गर अली र रक्षामन्त्री ईश्वर पोखरेल र सल्लाहार विष्णु रिमालका छोराहरु समेतको संलग्नता रहेको भन्दै काठमाडौं प्रेस नामक अनलाईनले समाचार प्रकाशित गरेको थियो । सो समाचार पटक पटक हटाउन दवाव दिएको इसेवाले अन्ततः सो सञ्चार माध्यमको सर्भरमा अनाधिकृत रुपमा प्रवेश गरी समाचार डिलेट गरेका थिए ।
सो घटनामा सिरानटेकले समेत आज एक बक्तव्यमार्फत गल्ती स्वीकार गर्दै आगामी दिनमा त्यस्तो गल्ती नदोहोर्याउने प्रतिद्धता जनाएको छ । सिरानटेकले लकडाउनको क्रममा घरैबाट काम गर्ने जिम्मा दिइएको र आन्तरिक रुपमा छानविनको क्रममा सिरानटेककै प्राविधिकले उक्त समाचारको लिङ्क डिलेट गरेको पाइएको भन्दै माफी मागेको छ ।

Prabhu
Crest

सञ्चार माध्यमको एडमिन प्यानलमा छिरेर अबैध रुपमा समाचारको लिङ्क डिलेट गर्ने कार्यका विरुद्धमा नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल समेतले आपत्तिजनक बक्तव्य निकालेपछि अलीको सिरानटेकले गल्ती स्वीकार गरेको हो । यद्यपि गम्भिर प्रकृतिको साईबर अपराधमा इसेवामाथि मुद्दा चल्ने सम्भावना देखिएको छ ।

सिरानटेकले गल्ती स्वीकार गरे लगत्तै सामाजिक सञ्जालमा गम्भिर साईबर अपराधका अभियुक्तले कुनै पनि हालतमा उन्मुक्ति नपाउने भन्दै बहस सुरु भएको छ ।

काठमाडौं प्रेसले प्रकाशित गरेको समाचारमा कोरोना भाइरसविरुद्धमा लड्न चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री घोटालामा इसेवाका अ‍ेली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा श्वराज पोखरेल र सल्लाहकार रिमालका छोरा क्षितिज रिमालको मिलेमतो रहेको उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS