IME Life

नेपाल टेलिकमको कल र डाटामा बम्पर छुट, चैत्र २० गतेदेखि नयाँ अफर लागू हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीमा घरैमा लकडाउनमा परेका सर्वसाधारणलाई लक्षित गर्दै नेपाल नेपाल टेलिकमले विभिन्न बम्पर छुट अफरहरु सार्वजनिक गरेको छ । जसमध्ये टेलिकमको डाटामा बम्पर छुट अफरदेखि भ्वाईस प्याकमा विशेष छुट रहेको छ । नेपाल दुर सञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम डाटा प्याकमा विशेष छुट अफरहरु सार्वजनिक गरेको जनाएको छ ।

Prabhu
Crest

बिहिवार अर्थात चैत्र २० देखि २६ गतेसम्म लागू हुने लकडाउन अफर अन्तर्गत जीएसएम मोबाइल डाटा सेवा शुल्कमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवा शुल्कमा २७ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

त्यस्तै, नेपाल टेलिकमले चैत्र २० देखि २६ गतेसम्म लागू हुने लकडाउन प्याक अन्तर्गतको पहिलो खण्डमा १०० रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप सहित कूल चार जिबी प्राप्त हुनेछ । त्यस्तै, दोस्रो प्याकमा २०० रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप सहित कूल १० प्राप्त हुने कम्पनीले जनाएको छ । दुवै डाटाहरु ४ दिन र ७ दिनभित्रमा खपत गरिसक्नुपर्नेछ ।

यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्दा जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत थप गरी कल गर्ने सुविधा प्राप्त हुनेछ । उदाहरणको लागि १०० रुपैयाँ तिरेर १९० मिनेटको भ्वाइस प्याक २४ घण्टाको लागि खरिद गर्दा थप ९५ मिनेट बोनस सहित कूल २८५ मिनेट उपलब्ध हुनेछ ।

साथै लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएच लगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा रकम भुक्तानी गरेको कारण लाइन बन्द नगरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS