IME Life New

कोरोना भाइरस उपचार गर्दा स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड राहत दिने मुख्यमन्त्री केजरीवालको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सीहरु । भारतको दिल्ली प्रान्तका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मी र तिनका परिवारका सदस्यहरुमा कोरोना भाइरसबाट संक्रमित भई मृत्यु भएका एक करोड रुपैयाँ भारु राहत दिने घोषणा गरेका छन् ।

विश्वभर कोरोना भाइरसको उपचारमा संलग्न डाक्टर तथा स्वास्थ्यकर्मीको मृत्य भई डाक्टरहरु नै उपचारमा सहभागी हुन डराउने अवस्था सिर्जना भएपछि दिल्लीका मुख्यमन्त्री केजरीवालले आज सो राहत दिने घोषणा गरेको इकोनोमिक्स टाईम्सले जनाएको छ ।

Esewa
Crest

बुधबार चिकित्कसहरुलाई अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुलाई यस्तो राहत दिइने बताए । चिकित्सकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री केजरीवालले भने, ‘तपाईहरुको योगदान सैनिकको भन्दा कम छैन, यदि कुनै पनि स्वास्थ्यकर्मी सरकारी र निजि दुवैमा कार्यरत नर्स र सफाई मजदुर तथा तिनका परिवारका सदस्य समेतमा कोरोना संक्रमित भई मृत्यु सरकारले आश्रित परिवारले एक करोड रुपैयाँ राहत स्वरुप दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS