IME Life

भारतमा एकैदिन ४३७ जनामा कोरोना देखियो, २४ घण्टाभित्रैमा १० जनाको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालसँग प्रत्यक्ष सीमा जोडिएको छिमेकी मुलुक भारतमा एकै दिन ४३७* जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

Prabhu
Crest

तथ्याङ्क सम्बन्धी प्रायः विश्वास गरिएको वेभसाईट वल्र्डमिटरर्सका अनुसार बुधबार एकै दिन भारतमा १० जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । भारतले कोरोना संक्रमण फैलिन २१ दिन लामो लकडाउन घोषणा गरिसकेको छ । यद्यपि लकडाउनलाई उल्लंघन गर्दै लाखौं मजदुरहरु आफ्ना गन्तव्यमा निस्केको समाचार पनि आइरहेका छन् । विश्वको दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा कोरोना भाइरसको संक्रमण फैलिएमा नियन्त्रण कठिन हुने र मानव जातिकै लागि घातक हुने चेतावनी दिइएको छ ।

विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको प्रभाव रोक्न भारतले यही चैत्र १२ गतेदेखि सिंगो देश लकडाउन गरिरहेको छ । यद्यपि संक्रमित हुनेको संख्या लगातार बृद्धि भइरहँदा एक अर्ब ३८ करोड जनसंख्या रहेको भारतमा कोरोना महामारी रोक्न मोदी सरकार सफल हुने हो वा होइन भन्ने चिन्ता सर्वसाधारणमा थपिन थालेको छ ।
नेपालको पूर्व, दक्षिण तथा पश्चिम तीनैतीर सीमा जोडिएको भारत–नेपालबीच खुला सीमा छ । भारतमा कोरोना संक्रमित बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ ।

तस्विरः सांकेतिक

* १९ चैत्र २०७६, २३ः४९ मा अपडेट गरिएको

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS