IME Life New

सरकारद्वारा स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द, सस्तोमा सामान आपूर्ति गर्न नयाँ टेण्डर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले कोरोनाको महामारीविरद्ध लड्न फास्ट ट्रयाक विधिबाट अघि बढाएको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको छ । ओम्नी ग्रुप नामक कम्पनीसँग गरिएको सम्झौता आजैका मितिबाट रद्द गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलने क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जनतालाई जोगाउन ठूलो मात्रामा डाक्टरले लगाउने विशेष प्रकारको सुरक्षित ज्याकेट, चश्मा, बुट देखि मास्क तथा इन्फारेड थर्मोमिटर खरिद गर्ने चाहेको थियो । सो क्रममा स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ओम्नी ग्रुपबाट ति सामान ल्याएपनि त्यसपछि दोस्रो चरणको सामान नलिने भन्दै रद्द गरेको हो । त्यसैगरी, स्वास्थय विभागले ओम्नी समुहलाई कालो सूचिमा राख्ने प्रक्रिया समेत सुरु गरिएको जनाएको छ ।

Esewa
Crest

बौद्धिक जगतले स्वतन्त्र प्रतिस्पर्धा नगरी चलनचल्तीको मूल्यभन्दा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै चौतर्फी आलोचनापछि सरकारको सरकारले आज सो सम्झौता रद्द गरेको हो । संकटको बेला केही महंगो मूल्य तिरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा स्वीकार गरेका छन् ।
विगतमा यस्ता स्क्याण्डलहरुमा धेरै मन्त्री तथा उच्च पदस्थ अधिकारीहरु भ्रष्टाचार मुछिने गरेको सन्दर्भमा ओम्नीसँग गरेको सम्झौता १० प्रतिशत हारहारीमा सामान लिएपछि रद्द गर्ने निर्णय गरेको हो ।

साथै विभागले तीन दिन सस्तोमा सामान आपूर्ति गर्न कोटेशन आह्वान गरिएको समेत जनाएको छ । भोलि सूचना सार्वजनिक गरिने समेत विभागले जनाएको छ । सरकारले गत साता करिब डेढ अर्बको स्वास्थ्य सामग्री आपूर्ति गर्न ओम्नीसँग सम्झौता गरेको थियो । सो सम्झौता अनुसार जम्मा १५ करोड हाराहारीको मात्रै सामान आपूर्ति भएको विभागको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS