काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना उपचारका लागि दुई करोड रुपैयाँ नेपाल सरकारको कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आज एक बिज्ञप्ति प्रकाशित गरेर सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषलाई २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले बताएका छन् ।
पूर्व राजा शाहले बक्तव्यमा भनेका छन्, ‘दुःखकष्ट र आपत–बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष“ मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।’ साथै ज्ञानेन्द्र शाले लकडाउनको समर्थन गर्दै यसको विकल्प नभएको समेत बताएका छन् ।
पढौं ज्ञानेन्द्र शाहको बक्तव्य जस्ताको तस्तैः