काठमाडौं । सोमबार राजधनी काठमाडौंको बीर अस्पताल र ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका दुई जना व्यक्तिमा कोरोनाको कुनै जिवाणु नरहेको जनाइएको छ ।
धादिङ घर भई भारतीय सेनामा कार्यरत रहेका ३३ बर्षिय पुरुषको निमोनिया, ज्वरोका कारण हिजो पाटन अस्पतालमा मृत्यु भएकोमा नमुना परिक्षणको क्रममा कोरोनाको कुनै जिवाणु फेला नपरेको अस्पतालले जनाएको छ ।
त्यस्तै, बीर अस्पतालको आईसोलेशन वार्डमा रोमबार मृत्यु भएकी थानकोटकी महिलामा पनि कोरोनाको कुनै जिवाणु फेला नपरेको अस्पताल डा. विद्यानिधी पौडेलले पत्रकारहरुलाई जानकारी दिएका छन् । दुवै जनाको नमुना परिक्षणको लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । दुवैको रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै, सोमबार भनै मृत्यु भएका अर्का एक भारतीय नागरिकको भने रिपोर्ट आउन बाँकी रहेको समेत अस्पतालले जनाएको छ । उनी प्रेसर रोगी समेत भएकोले हाईपरटेन्सनको कारण मृत्यु भएको अनुमान गरिएको छ । अन्तिम रिपोर्ट भने आउन बाँकी छ ।