काठमाडौं । नागरिक लगानी कोषले विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसकाविरुद्धमा लडाईमा नेपाल सरकारलाई सहयोग एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छ ।
कोषको सञ्चालक समितिको बैठकले कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको हो । सोमबार बसेको कोषको संचालक समितिको बैठकले उक्त निर्णय गरेको कोषले जनाएको छ ।
साथै कोषको सञ्चालक समितिका अध्यक्ष एवम् सदस्यहरुले आजको बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलब र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे सरह दशौं तहसम्मका अधिकृतहरुले ७ दिन, अन्य अधिकृतहरुले ५ दिन र सहायक स्तरका कर्मचारीहरुले ३ दिनको तलब बराबरको रकम उपचार कोषमा सहयोग गर्ने निर्णय गरेको छ ।