IME Life New

बैंकिङ क्षेत्रका कर्मचारीलाई राष्ट्र बैंकको यस्तो आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई अनिवार्य रुपमा आफुनो विभागीय कार्यालय महाशाखा इकाइ प्रमुख तथा सम्बन्धीत कर्मचारीको सुपरिवेक्षकहरुसँग सम्पर्कमा रहिरहन अनुरोध गरेको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई यस्तो निर्देशन दिएको हो ।

सूचना जारी गर्दै विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न देशभर गरीएको लकडाउन अवधिमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने तथा अन्य आवश्यक कार्यहरु समेत सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले बैंकमा कार्यरत सम्बन्धित कर्मचारीको सुपरिवेक्षकहरुसँग नियमित सम्पर्कमा रहिरहन अनुरोध गरेको हो ।

Esewa
Crest

साथै, बैंकका कर्मचारीहरुलाई आवश्यक परी कार्यालयमा बोलाइएको खण्डमा अनिवार्य रुपमा कार्यालयमा हाजिर हुन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS