IME Life New

बैदेशिक रोजगार म्यादी बीमा नविकरण अनलाईनबाटै गर्ने व्यवस्था मिलाउन बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले म्यादी जीवन बीमा निर्देशिका कार्यान्वयनमा ल्याएको छ । समितिले आईतबार नयाँ निर्देशन जारी गर्दै बीमा कम्पनीहरुलाई वैदेशिक रोजगारीमा जाने नागरिकलाई अनलाइन प्रणालीबाट समेत सेवा सुविधा दिन र उनीहरुको हित तथा सुरक्षाको लागि विशेष नीतिगत व्यवस्थाहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ।

समितिले कम्पनीहरुलाई म्यादी जीवन बीमा पोलिसी जारी गर्दा लाग्ने बीमा शुल्क बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिबाट नगद, बैंक चेकको अतिरिक्त अनलाइन प्रणालीबाट भु्क्तानी गर्न सहजै सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ ।साथै, म्यादी बीमाका लागि इलेक्ट्रोनिक प्रस्ताव फारमलाई मान्य हुने गरी बीमा लेख जारी गर्दा कानुनी व्यवस्थालाई समेत मध्यनजर गर्दै आवश्यकता अनुसार डिजिटल इलेक्ट्रोनिक्स बीमालेख समेत जारी हुने गरी व्यवस्था गर्न कम्पनीलाई आग्रह गरेको छ ।

Esewa
Crest

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको सरक्षालाई मध्यनजर गर्दै विदेश प्रस्थान गर्नुअघि तीन महिना र बीमाअवधि समाप्त नहुदै अर्को भिसाका लागि प्रोसेसिङ्ग गर्न लाग्ने तीन महिनामा समेत थप गरी ६ महिना मात्र लागु हुने गरी बीमा गर्न र हाल कायम रहेको १ बर्षको अवधि सट्टामा ६ महिनामात्र समयावधि रहने भएकाले बीमा शुल्क निर्धारण गर्दा छ महिनाको समानुपातिक रुपमा संकलन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, विदेशस्थित नेपाली कुटनैतिक नियोगबाट पुनः श्रम स्वीकृतिको लागि आवेदन गर्दा बीमा अवधि थप गर्नका लागि तिनुपर्ने बीमा शुल्क अनलाइनको माध्यमबाट मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS