IME Life

इटालीमा कोरोनाको उपचार गर्ने ५० डाक्टरकै मृत्यु, अमेरिकामा भेन्टिलेटरको हाहाकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार त्यहाँका प्रख्यात मोटर कम्पनीलाई आदेश दिए, ‘समय खेर नफाली भेन्टिलेटर उत्पादन सुरु गर्नु’ । अमेरिकी राष्ट्रपति ट्रम्पलाई न्यूयोर्कका मेयरले ४० हजार भेन्टिलेर आवश्यक भएको र जम्मा चार हजा मात्रै उपलब्ध भएको जानकारी दिएपछि उनले यस्तो आदेश दिन बाध्य भएका हुन् । सुरुमा त ट्रम्पले पत्याएनन् कि ४० हजार भेन्टिलेटर चाहिन्छ भनेर, तर पछि जब यथार्थ बुझे तत्कालै आदेश जारी गर्दै गाडी उत्पादन गर्ने कम्पनीलाई भेन्टिलेटर उत्पादन थाल्न निर्देशन दिए ।

Prabhu
Crest

यतिबेला अमेरिकाका विभिन्न राज्यहरुमा विरामीहरुको यति चाप छ कि चिकित्सकहरुले उपचार गर्न समेत भ्याई नभ्याईको अवस्था छ । अस्पतालहरुमा अक्सिजनको मात्रा घट्दै गइरहेको छ भने औषधी तथा उपकरण समेत न्यून हुँदै गइरहेको छ । शुक्रबार १८ हजार नयाँ कोरोना संक्रमति भेटिएको अमेरिकामा शनिबार थप २० हजार भन्दा बढि नयाँ कोरोना संक्रमित थपिएका छन् । अस्पतालहरु अत्याधिक भिडका कारण व्यवस्थापन गर्न कठिन हुँदै गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उता, कोरोना भाइरस पत्ता लगाउने चीनस्थित वुहानको चिकित्सको झण्डै दुई महिना पहिला नै मृत्यु भइसकेको छ । इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न ४६ जना चिकित्सकको मृत्यु भएको छ । चार जना त शुक्रबार एकै दिन मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमितको उपचार गर्ने चिकित्सक समेत कोरोनाबाट संक्रमित भइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा दयनीय अवस्थामा इटालीमा देखिएको छ । हालसम्म ७१०० स्वास्थ्यकर्मी नै कोरोनाबाट संक्रमित भएको अवस्थाले कोरोनाविरुद्धका लडाई थप चुनौतिपूर्ण बन्दै गइरहेको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमितको उपचारको क्रममा १०० भन्दा बढि डाक्टरको मृत्यु भइसकेकोे छ । सबैभन्दा धेरै चीन, त्यसपछि इटालीका डाक्टरहरुले कोरोना संक्रमितको उपचार गरेर आफ्नो बलिदान दिएका छन् । फिलिपिन्समा हालसम्म नौ जना डाक्टरको मृत्यु भइसकेको छ भने फ्रान्समा पाँच जना डाक्टरको कोरोना संक्रमितकै उपचारको क्रममा आफ्नो जीवन बलिदान दिएका छन् ।

यसैबीच, विश्वभर कोरोना रोगबाट मर्नेहरुको संख्या ३० हजार ८८३ पुगेको छ । दिनप्रतिदिन मृत्युदर बृद्धि हुँदै जाँदा कोरोनाको प्रभाव विश्वको १९९ राष्ट्रमा फैलिइसकेको छ भने नेपालमा हिजो पाँचौ संक्रमित भेटिएको छ । भारतमा करिब १००० संक्रमित छन् भने हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोनाबाट छ लाख ६४ हजार जना संक्रमित भइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS