काठमाडौं । सरकारले चैत्र महिनाको विद्युत महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तो छुट सुविधा घरायसी प्रयोजनका लागि मिटर जडान गरेका ३८ लाख ग्राहकले मात्रै पाएउनेछन् ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन (अनन्त) को अध्यक्षतामा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आज बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउनेछन् । कोरोना भाइरस (कोभिड(१९) को महामारी रोकथामका लागि सरकारले पौने तीन करोड नेपाली जनतालाई घरैमा लकडाउन गरेको अवस्थामा विद्युत महसुलमा सहुलियत दिन निर्णय गरेको हो ।
लकडाउनका कारण विद्युत खपतमा भारी गिरावट आएपछि सरकारले ग्राहस्थ क्षेत्रमा बढि खपत गराउन प्रबद्र्धन गर्ने सोच राखेर समेत यस्तो निर्णय गरेको देखिएको छ ।