IME Life

अमेरिका बन्यो कोरोना भाइरसको सेन्टर, एकै दिन १७ हजार नयाँ रोगी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाले फैलने क्रममा हरेक दिन नयाँ–नयाँ रेडर्क कायम गरिरहेको छ । यसैक्रममा अहिले कोरोनाको मुख्य इपिसेन्टर अमेरिका बनेको छ । अमेरिकामा आज एकै दिन १७ हजारभन्दा बढि नयाँ रोगीहरु फेला परेका छन् । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नजिक पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

विश्वकै शक्तिशाली, प्रविधियुक्त भनिएको देश अमेरिका आफै कोरोनाबाट यति प्रभावित हुन पुगेको छ की अस्पतालमा उपचार पाउने छाडेको गुनासो आउन थालेको छ । अस्पतालहरुमा अत्याधिक भिडभाडका कारण बिरामीहरुलाई उपचार पाउनै कठिन हुन थालेको छ । पुँजिवादी देश अमेरिकाले समेत कोरोना रोगलाई नियन्त्रणमा लिन नसकेपछि विश्वभर कोरोनाको आतंक झनै बढेको छ । पद्धति र प्रविधिले सुसज्जित देशको समेत हालत खराव भएपछि अल्पविकसित देशहरुले रोग भित्रनु अगावै कडाई गर्न थालेका छन् ।

कोरोनाले युरोपमा पनि बितण्डा मच्चाइरहेको छ । इटाली, स्पेन र फ्रान्समा कोरोना फैलिने क्रम अझै रोकिएको छैन । स्पेन र फ्रान्समा अझै बढ्ने क्रममा रहेको छ भने इटाली स्थीर अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ । कोरोना महामारीले युरोप नराम्ररी प्रभावित भएको छ ।

तथ्याङ्क अनुसार विश्वभर पाँच लाख ३१ हजार भन्दा बढि मानिस संक्रमति भएका छन् । जसमध्ये एक लाख १ लाख २३ हजार निको भएका छन् भने २४ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । तथ्याङ्क अनुसार चीनमा कोरोना भाइरस लगभग नियन्त्रणमा आइसकेको छ भने अमेरिका र युरोपमा फैलने क्रममा रहेको छ । त्यस्तै एसियाको दक्षिण कोरिया र जापानमा फैलिन खोजेपनि कडा नियमनका कारण त्यहाँ स्थिति नियन्त्रण उन्मुख छ । त्यस्तै इरानमा पनि नियन्त्रणको दिशामा अघि बढिरहेको छ । त्यस्तै खाडी मुलुकमा विस्तारै फैलने क्रममा रहेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS