IME Life New

८० करोड जनतालाई २७ खर्ब रुपैयाँको नगद र खाद्यान्न वितरण गर्ने भारतको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीबाट बच्न २१ दिनसम्म लकडाउन गरेको भारतले २७ खर्ब २० अर्ब नेपाली रुपैयाँ अर्थात १७ खर्ब भारु बराबरको नगद तथा खाद्यान्न कोरोना पीडितलाई वितरण गर्ने घोषणा गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितामरणले कोरोना विरुद्ध गरिएको लकडाउन अवधीमा जनतालाई भोकमरि पर्न नदिन यस्तो प्याकेज घोषणा गरेको जनाएकी छिन् ।

Esewa
Crest

भारतीय सञ्चार माध्यम टाईम्स अफ इण्डियाका अनुसार सो राहत प्याकेज दैनिक गुजारामा जीविकोपार्जन गर्ने मजदुर, गरिब र किसानलाई लकडाउनको अवधीमा दैनिक खाद्यान्न लगायतका अत्यावश्यक सामग्री आपूर्ति गर्न खर्च गरिनेछ ।

भारत सरकारले किसान, मजदुर तथा दैनिक ज्यालादारीमा जीवितकोपार्जन गर्ने जनतालाई सिधा नगद वितरण गरिनुको साथै खाद्यान्न आपूर्ति समेत गरिनेछ । भारतले ८० करोड जनतालाई तीन महिनासम्मको खाद्यान्न उपलब्ध गराउने अभियानमा काम गररहेको जनाएको छ । वित्तमन्त्री सितारमरणले भनेकी छिन्, ‘कोही गरीबले खानाको समस्या भोग्नु नपरोस् भनेर यो प्याकेजको माध्यमबाट पाँच किलो गहुँ वा चामल करिब ८० करोड मानिसलाई आगामी तीन महिनासम्म दिइनेछ ।’

त्यस्तै आर्थिक सहायता प्याकेज अनुसार किसानको खातामा प्रत्येक महिना तीन हजार २०० नेपाली रुपैयाँ अर्थात दुई हजार भारु जम्मा गरिनेछ । ८ लाख ७० हजार किसानको खातामा अप्रिलको पहिलो सातामा यो किस्तार ट्रान्सफर गरिने भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS