काठमाडौं । भारतबाट फर्केर पोखरास्थित रुपाकोट गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । ति व्यक्तिमा कोरोनाको संक्रमण भए नभएको परिक्षण गर्ने काम सुरु भएको छ । कोरोनाको लक्षण नदेखिए पनि १२ दिनअघि भारतबाट फर्किएकाले रुपा गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो ।
रुपा गाउँपालिकाका ५० वर्षीय एक व्यक्तिको बुधबार दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिए । हिजो बेलुका खाना खाएर सुतेका उनी विहान नउठेपछि हेर्दा सिकिस्त बिरामी अवस्थामा भेटिएपछि तत्कालै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको स्थानीइ प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरुलाई उध्रित गर्दै प्राप्त समाचारमा उनको मुटु तथा कलेजोमा पहिले देखि नै समस्या थियो । मृत्युको कारण खुल्न बाँकी छ ।