IME Life

घर बाहिर ननिस्कन राष्ट्रपति भण्डारीको अपिल, ‘उत्पादनमूलक काममा जोड दिऔं’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली जनतालाई घरबाट बाहिर ननिस्कन अपिल गरेकी छिन् । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका विरुद्धमा सरकारले जारी गरेको लकडाउन पूर्ण रुपमा गर्न आग्रह गर्दै घरमै बस्न अपिल गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासले बुधबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसकाविरुद्धका लडाईमा नेपाल सरकारले जारी गरेको निर्देशन र आचारसंहिता पालना गर्न अपिल गर्दै घर बाहिर ननिस्कन अपिल गरेकी हुन् । साथै उनले लकडाउनको पूर्ण पालना गर्ने क्रममा सरकारले आह्वान गरे जसरी घरभित्रै बसेर उत्पादनमूलक तथा सिर्जनात्मक काममा जुट्न समेत आग्रह गरेकी छिन् ।

Prabhu
Crest

बक्तव्यको पूर्ण पाठः
नोवल कोरोनाभाइरस (कोभिड–१९)बाट उत्पन्‍न विश्वव्यापी महामारीको रोकथामको सन्दर्भमा जारी सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नोवल कोरोनाभाइरस (कोभिड-१९) नामक सङ्क्रामक रोगले विश्‍वव्यापी महामारीको रूप लिएको दुःखद विषय सर्वविदितै छ । यस महामारीबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुकहरू प्रभावित हुनुका साथै चार लाखभन्दा बढी जनसङ्ख्यामा संक्रमण भई १८ हजारभन्दा बढीको ज्यान गइसकेको छ । दुःखको यस घडीमा संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ-आफ्नो ठाउँबाट क्रियाशील हुन हार्दिक आव्हान गर्दछु ।

सुरुमा चीनको बुहान शहरमा देखा परेको यस महामारीविरुद्ध चिनियाँ सरकारद्वारा सञ्‍चालित प्रभावकारी जनस्वास्थ्य प्रतिकार्य र यसमा त्यहाँका लगनशील एवं अनुशासित स्वास्थ्यकर्मी तथा जनताको सक्रिय सहभागिताका कारण चीनमा यो रोग लगभग नियन्त्रणमा आएको ठानिएको छ। तर अहिले यो महामारी एसियाका दक्षिण कोरिया, जापान, इरान, युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स लगायत अमेरिका र बाँकी देशहरूमा समेत फैलिइसकेको छ । यस महामारीको विरुद्धमा विश्व स्वास्थ्य संगठन लगायत विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरूसहित प्रभावित देशका सरकारहरू तदारुकताका साथ क्रियाशील बनेका छन् ।

यस परिस्थितिमा हामी नेपालीहरू पनि कोभिड-१९ महामारीको ठूलो जोखिममा रहेका छौं । यस सन्दर्भमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ९ देखि २१ गतेसम्म मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवाहरू र हाललाई अन्तर्राष्ट्रिय सीमा नाकाहरू समेत बन्द गर्ने निर्णय गरेको छ । यसबाट आम जनताको दैनिक जीवनमा केही कठिनाई हुने भए तापनि सरकारको यस सुझबुझपूर्ण र सामयिक निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरूले जारी गरेका निर्देशन एवम् आचारसंहिताहरू पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न म हार्दिक आव्हान गर्न चाहन्छु। साथै कोरोनाविरुद्ध लड्न स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार तथा प्राविधिक तयारी सहित आवश्यक प्रबन्ध मिलाउन संघ तथा प्रदेश सरकार, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाहरूबीच सुदृढ समन्वय कायम हुनुपर्ने कुरामा सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गराउन चाहन्छु ।

आजको यस संवेदनशील परिस्थितिमा सही सूचना ग्रहण र प्रवाह गर्दै कोभिड-१९को विरुद्धमा सचेतनापूर्वक अग्रसर हुन संपूर्ण राजनीतिक दल तथा तिनका भातृ तथा भगिनी संगठनहरू, चेतनाका संवाहक युवा तथा विद्यार्थी समुदाय, कल्याणकारी संघ-संस्थाहरू लगायत सबैलाई हार्दिक आव्हान गर्दछु । साथै यस रोगका विरुद्धमा जुध्नका लागि सम्पूर्ण सुरक्षा संयन्त्रहरू र चिकित्सक एवं स्वास्थ्यकर्मीहरूबाट भइरहेको सत्प्रयासमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग र समन्वयको अपेक्षा समेत लिएको छु ।

आजसम्म नोवल कोरोनाभाइरस विरुद्धको प्रभावकारी औषधी र खोप विकास भइनसकेको र आर्थिक रूपमा सम्पन्न एवं सुदृढ स्वास्थ्य प्रणाली भएका विकसित मुलुकहरूलाई समेत यो महामारी नियन्त्रण गर्न कठिनाई भइरहेको सन्दर्भमा यस रोगको सङ्क्रमणको रोकथाममा नै हाम्रा प्रयासहरू केन्द्रित हुनु पर्दछ । यसर्थ कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि सामाजिक दूरी कायम गर्दै सरसफाई सहित घरमा बस्नु नै उत्तम विकल्प हुने कुरामा पुनः जोड दिन चाहन्छु ।

यसैगरी नेपाल सरकारद्वारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’को अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिने कुरामा पनि सबैको ध्यानाकर्षण गराउन चाहन्छु । यस समयलाई हामी सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने मलाई लागेको छ।

अन्तमा, कोरोनाभाइरसले मानव सभ्यता र मानिसको अस्तित्वमाथि नै विश्वव्यापी चुनौती खडा गरेको यस जटिल परिवेशलाई निस्तेज पार्ने अभियानमा हामी सबै एकजुट भई अघि बढौं ।

धन्यवाद ।

मितिः २०७६ साल चैत्र १२ गते बुधबार ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS