काठमाडौं । नेपालमा हालसम्म खासै फैलिइनसकेको कोरोनाका तेस्रो संक्रमित काठमाडौंमा भेटिएको छ । टेकुस्थित अस्पतालको ल्याबमा नेपालमा तेस्रो कोरोना रोगी पत्ता लागेको हो ।
उनको अवस्थाबारे अस्पतालले केही बताएको छैन । यद्यपि ति बिरामीलाई आईसोलेशनमा राखेर उपचार हुँदैछ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्तालाई उध्रित गर्दै प्राप्त समाचारमा थप एक व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ ।