काठमाडौं । चितवनको भरतपुरस्थित कोराना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एक जनाबारे प्रष्ट पार्दै उनको स्वाब परिक्षण प्रतिवेदन आउन बाँकी रहेको जनाएको छ ।
अस्पतालले आज बिज्ञप्ति जारी गर्दै बीरगन्ज घर भएका ३० बर्षिय व्यक्ति चैत्र ९ गते फोक्सोको रोग तथा मृगौला समेत कमजोर अवस्थामा अस्पतालमा भर्ना भएको र ज्वरो खोकी लगायतका लक्षण भएकाले उनको स्वाव परिक्षणको लागि टेकु पठाइएको जनाएको छ । साथै सो अस्पतालले परिक्षणको पुष्टि नहुँदासम्म शवलाई आईसोलेशनमै राखिएको समेत जनाएको छ ।