काठमाडौं । बीमा समितिले नेपालमा समेत देखिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी अभियानलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समितिको सोमबार साँझ बसेको बैठकले कोरोना उपचार सम्बन्धी सरकारी कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।
अधिकारीका अनुसार मंगलबार घोडे जात्राको अवसरमा विदा परेको तथा लक डाउन समेत रहेकाले कार्यालय खुल्ने वित्तिकै सहयोग रकम सरकारी कोषमा दाखिला हुनेछ । बीमा क्षेत्रको नियामक निकाय हो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस लागेको दोस्रो बिरामी नेपालमा समेत फेला परेको छ । सोमबार फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि उनको अवस्था सामान्य छ ।