IME Life New

‘३ महिना घरभाडा छुट’ अभियानमा जनआन्दोलनको नेतृत्वकर्ता लामिछाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । २०६२।०६३ को जनआन्दोलनमा कलंकी चोकमा तत्कालिन नेकपा एमालेको तर्फबाट नेतृत्व गरेका हरिहर लामिछाने यतिबेला महामारीबाट जनतालाई राहत दिन तीन महिना घर भाडा छुट दिने अभियानमा खटिएका छन् । लामिछानेको अभियानसँगै कलंकी क्षेत्रका थुप्रै घरधनीहरुले आवास तथा कार्यालयको भाडा छुट दिएको घोषणा गर्ने अभियान नै चलाएका छन् ।

Esewa
Crest

तत्कालिन नेकपा एमालेको तर्फबाट कलंकी चोकमा भिषण जनआन्दोलनको नेतृत्व गर्दा नेपाली सेना तथा शसस्त्र प्रहरीको दमन रोक्न विभिन्न रणनीति अपनाएर सफल भएका थिए । तत्कालिन शाही सरकारले लगाएको कफ्र्यु उल्लंघनदेखि सशस्त्र प्रहरीका डिएसपी दुर्ज कुमार राईको नेतृत्वले आन्दोलनकारीमाथि गोली प्रहार गरेको सो आन्दोलनमा उनै लामिछानेले कुशलतापूर्वक नेतृत्व लिँदै आन्दोलनलाई सफलीभूत बनाउन निर्णायक भूमिका खेलेको थिए । काठमाडौंको पश्चिम दक्षिण क्षेत्रमा राम्रो छवि बनाएका लामिछानेले स्यूचाटारमा रहेको घरमा भाडामा बस्ने मानिसलाई तीन महिनाको भाडा नलिने घोषणा गरेका हुन् ।

उनै लामिछाने प्राकृतिक विपत्तिको रुपमा विश्वभर महामारीको रुपमा फैलिइरहेको कोरोनाबाट आतंकित बनेका काठमाडौंका डेरावालाई राहत दिने अभियानमा छन् । उनले गत चैत्र ४ गते सामाजिक सञ्जाल फेसबुकका स्टाटस लेख्दै तीन महिना घर भाडा छुट दिने निर्णय सार्वजनिक गरेका हुन् । इन्स्योरेन्स खवरसँग कुराकानी गर्दै लामिछानेले महामारीको त्रासका बीचमा काठमाडौंमा पौरख गरिरहेका नागरिकलाई सम्मान गर्ने उद्देश्यले यस्तो अभियान सुरु गरिएको बताए । साथै लामिछानेले घर भाडा छुट दिने अभियान राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने समेत बताए । कोरोना कुनै व्यक्ति वा समुदायको मात्रै शत्रु नभएर सिंगो मानव समुदायकै शत्रु भएकोले कोरोनाविरुद्धमा लड्न घरभाडा छुट दिने अभियान सञ्चालन गरिएको बताए ।

यसअघि आम विनाशकारी भूकम्पमा समेत काठमाडौंका डेरावालहरुका लागि घर भाडा छुट अभियान सञ्चालन गरेका लामिछाने कलंकी क्षेत्रका राजनीतिक सामाजिक अर्थव्यवस्था बुझेका नेता हुन् । क्रान्तिकारी स्वभावका लामिछाने शान्ति प्रक्रियासँगै तत्कालिन माओवादीमा प्रवेश गरेर सो क्षेत्रको माहौल माओवादीमय बनाएका थिए । राजनीतिलाई जनताको तहबाट उठाएर केन्द्रमा पुर्याउन सकेमा मात्रै जनताको तीव्र आकांक्षा सम्बोधन गर्न सकिने बताउने लामिछानेको घर भाडा छुट दिने अभियानमा राजनीतिक पार्टी, सामाजिक अभियान्ताहरुले समेत साथ दिएका छन् । उनको अभियान सफल भएमा डुब्न लागेको अर्थतन्त्रलाई बचाउन भूमिका खेल्नेछ । लामिछानेले सरकारी कार्यालय, बैंक तथा बीमा कम्पनी, सबै अफिसलाई घरधनीले भाडा छुट दिन माग गरेका छन् । लामिछानेको घर भाडा छुटको अभियान सफल भएमा नेपालमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीका हजारौं शाखा कार्यालय तथा कार्यालयहरुले छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS