IME Life New

देशैभरिका सबै कार्यालयहरु खुल्ला राख्ने जीवन बीमक संघको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक संघले कोरोना भाइरस लक्षित १३ दिने लकडाउनको समयमा देशैभरिका सबै बीमा कम्पनीका कार्यालयहरु खुल्ला राख्ने निर्णय गरेकोछ । सरकारले अत्यावश्यक सेवा सञ्चालन गर्ने नीति अनुरुप १८ वटा जीवन बीमा कम्पनी र एक वटा विदेशी जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालयले १३ दिने लकडाउनमा देशैभरिका आफ्ना सबै कार्यालयहरु खुल्ला राख्ने जनाएको छ ।

Esewa
Crest

फाईल तस्विर

यद्यपि सो अवधीमा कोरोना भाइरसबाट बच्न न्यून कर्मचारी राखेर कार्यालय सञ्चालन गरिनेछ भने प्रत्यक्ष सम्पर्क कम गरी सम्पर्कमा रहेर काम गरिनेछ । जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले बैठकपछि इन्स्योरेन्स खवरलाई भने बीमितहरु देशैभरि छन्, त्यसैले देशैभरिका सबै बीमा कम्पनीका कार्यालयहरु खुल्ला हुनेछन् ।’ विगतजस्तै खुल्ला होइन, कर्मचारीको सुरक्षा हुने गरी सफाईका न्यूनतम प्रक्रिया पूरा गरेपछि मात्रै सेवाग्राहलाई कार्यालयमा प्रवेश दिएर उनीहरुका आपतकालिन कामहरु हुने संघले जनाएको छ ।

जीवन बीमक संघले बीमा अभिकर्ताको लाईसेन्स नविकरण तथा म्याद थप गर्ने व्यवस्था मिलाउन बीमा समिति समक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ । यसअघि बीमितले बीमा शुल्क भुक्तानी गर्न नसकेमा प्रिमियम भुक्तानीमा ढिलाई बापत लाग्ने जरिवना तथा ब्याज छुट दिने सम्बन्धमा छलफल भएपछि सो सम्बन्धमा कुनै निर्णय भने हुन सकेन् । सो सम्बन्धमा अवस्था हेरेर कोरोनाको महामारी सकिएपछि व्यवस्था गर्न सकिने अहिले नै निर्णय गर्न जरुरी नभएको भन्ने तर्क बैठकमा पेश भएपछि स्थगित भएको बैठकमा सहभागी एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS