IME Life

जब काभ्रेमाथिको आकाशमै जहाजको इन्जिन फेलभयो……………

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । कोरानाको कारण यतिबेला मानव जगत नै स्तब्ध भएको बेला नेपालमा झण्डै अर्को स्तब्ध पार्ने समाचार आइतबार टरेकोे छ । आकाशमा उडिरहेको ९एन एएमजी कल साईनको समिट एयरको जहाजको इन्जिन बन्द भएपछि पाइलटको कुशलताको कारण यात्रु र चालक दलको मात्रै ज्यान जोगिएन बीमा कम्पनीका अर्बौ रुपैयाँ क्षति पनि जोगिएको छ ।

Prabhu
Crest

घट्ना आइतबार विहानको हो । १८ जना यात्रु दुई जना चालक दलका सदस्य तथा क्रुमेम्वर रहेको समिट एयरको जहाज आइतबार विहान काठमाडौंबाट लुक्लाको लागि उड्यो । विहान इन्जिनियरहरुले चेकजाँच गरी प्रमाणित गरेको जहाजको यो पहिलो उडान थियो । काठमाडौंबाट टेकअफ गरेको जहाज केहीबेरमा नै काभ्रेको आकाशमा पुगिसकेको थियो ।

काभ्रेमाथिको आकाशमै जहाजको दुई वटा इन्जिन मध्ये एउटा इन्जिन बिग्रियो । त्यतिबेला झण्डै ८ः५५ बजेको समय थियो । जहाज काभ्रेमाथिको आकाशमा उचाई लिँदै गर्दा एउटा इन्जिन फेल भएको थियो । चालकले कुनै जोखिम मोल्न चाहेनन् र नजिकको विमानस्थलमा सम्पर्क गरे । रामेछाप उक्त जहाज सकुशल अवतरण गराउने सबैभन्दा उत्तम विकल्प थियो । त्यसो त जहाजलाई काठमाडौंसम्म ल्याउन सकिने भएपनि चालकले कुनै जोखिम मोल्न चाहेनन् । तत्कालै आपतकालिन रुपमा रामेछापको मन्थलीस्थित विमानस्थलमा सकुशल अवतरण गराउन सफल भए ।

चालकको कुशलता सही निर्णयका कारण नेपाली आकाशमा आइतबार अर्को नयाँ रेडर्क थपिएन । साथै उक्त जहाजमा हुनसक्ने जोखिमबाट बीमा कम्पनीहरु मुक्त भएका छन् । त्यहाँ अवरण गरेका यात्रुलाई तत्कालै उद्धार गरी तारा एयरले लुक्ला पुर्याएको छ ।

यसअघि लुक्लामै समिट एयरको जहाज धावनमार्गमै चिप्लिएर दुर्घटनामा परेको थियो । सो घटनामा करोडौं रुपैयाँ बीमा दावी परेको थियो । त्यतिबेला दुर्घटनामा परेको तस्विर ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS