IME Life New

यस्ता छन् राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा वोलीले शुक्रबार देशका जनताहरुका लागि सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाहरु यस्ता छन् ।

Esewa
Crest

डाँक, तार वा टेलिफोन सेवा
जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
सञ्चार सेवा
हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
खानेपानीको सञ्चालन तथा वितरण सेवा
पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
बिमा सेवा
विद्युत् सेवा
दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS