IME Life

जुनसुकै एटिएमबाट रकम निकाल्दा थप शुल्क नलाग्ने, कोरोना महामारीमा बैंक बन्द नहुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले बैंकिङ कारोबारको लागि सहज बनउने क्रममा जुनसुकै एटिएमबाट रकम निकाल्दा शुल्न नलाग्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि नेपालका सबै बैंक तथा वित्तिय संस्थाको एटिम कार्ड प्रयोग गरी देशभित्रका कुनै पनि एटिएम मेशिनबाट रकम निकाल्दा शुल्न नलाग्ने व्यवस्था गरेको हो ।

Prabhu
Crest

सर्वसाधारणलाई रकमको अभाव हुन नदिन तथा धेरै आवत जावत गर्नु नपरोस् भन्ने उद्देश्यले त्यस्तो व्यवस्था गरिएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार अन्तर बैंक एटिएम कारोबार गर्दा ग्राहकले कुनै शुल्क तिर्नुपर्दैन । बैंकमा ग्राहकको भिड घटाउन यस्तो व्यवस्था लागू गरिएको हो ।

त्यस्तै बैंकमा काम गर्दा प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापनका अन्य कर्मचारीहरु एउटै भवन तथा चेम्बरमा बसेर काम गर्न नहुने सुझाव दिइएको छ ।

उता, कोरोनाको प्रभावका कारण नेपालमा कुनै पनि बैंकहरु भने बन्द नहुने भएको छ । बैंक जनताको दैनिकी तथा अत्यावश्यक विषयसँग जोडिएकाले कुनै पनि अवस्थामा बन्द नहुने नेपाल राष्ट्र बैंकका अधिकारीको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS