Connect IPS
IME Life

साप्ताहिक बीमा समीक्षाः बीमा ऐनमाथि छलफलदेखि पुनर्बीमा कम्पनीको आईपिओसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता बीमा व्यवसायको लागि निकै महत्वपूर्ण रह्यो । बीमा क्षेत्रको पुनर्संरचना गर्ने बीमा ऐनबारे अर्थ समितिमा भएको छलफलका विविध आयामदेखि पुनर्बीमा कम्पनीले जारी गरेको एक अर्ब ६० करोडको आईपिओ जारी गरेको विषयसम्मले प्राथमिकता पायो ।

संसदमा बीमा ऐन २०७५ माथि दफावार छलफल अन्तिम चरणमा पुगेको छ । साताको अन्तिम दिन बीमा ऐनको झण्डै १ सय वटा दफामाथि छलफल सकिएको छ । बाँकी छलफल सोमबारको लागि डाकिएको छ । यद्यपि सोमबारको छलफल स्थगित हुने वा छलफल हुने भन्ने अझै एकिन भइसकेको छैन ।

Prabhu
Crest

उता, गत मंगलबारदेखि जारी भएको नेपाल पुनर्बीमा कम्पनीको आईपिओमा आवेदन दिने क्रम शुक्रबार सकिएको छ ।बीमा समितिमा रिक्त रहेको संचालक पदमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ नियुक्त भएका छन् । गभर्नर बन्ने लाइनमा रहेका श्रेष्ठलाई बीमा समितिको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।

संसदमा बीमा बहस

चैत २ गते अर्थसमितिमा बसेको बैठकले बीमा कम्पनीका संस्थागत लगानीमा कडाई गरेको छ । एउटै व्यक्ति वा समुहको लगानी १५ प्रतिशतमा सीमित गरिने भएको छ । चैत ३ गते अर्थसमितिमा बसेको बैठकमा बीमा कम्पनीका सञ्चालकले जथाभावी भत्ता लिन नपाउने व्यवस्था गर्ने व्यवस्था गर्ने सहमति भएको छ ।
बीमा विधेयक सम्बन्धी छलफलमा बैंकका सिइओको १ प्रतिशत पनि शेयर हुन नपाउने नयाँ व्यवस्थाको बिषयमा छलफल गरिएको थियो ।

नेपाल लाइफको प्रबक्तामा प्रसाई नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रबक्तामा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई नियुक्त भएका छन् । बीमा कम्पनीहरुले सूचना अधिकारी तथा प्रबक्ता तोकेर कम्पनीको पारदर्शी बनाउन आनाकानी गरिरहेको बेला नेपाल लाईफ इन्स्योरेन्सले भने प्रबक्ता तोकेको हो ।

बीमा समितिद्धारा कालिज बीमालेख जारी

यो साता बीमा समितिले कालिजको बीमालेख जारी गरेको छ । समितिले फाल्गुण ३० गते एक परिपत्र जारी गर्दै यस बीमालेख जारी गरेको हो । समितिका अनुसार यस बीमालेखमा सरकारले दिने ७५ प्रतिशत अनुदान दिने व्यवस्था हटाएको छ ।

एनएलजी इन्स्योरेन्सको संचालक मन बहादुर राइको राजिनामा स्वीकृत

एनएलजी इन्स्योरेन्स कम्पनीका संचालक मन बहादुर राईको राजिनामा स्वीकृत भएको छ । राईले घरायसी कारण देखाई राजिनामा दिएका थिए ।

कारोना प्रभाव : बीमा अभिकर्ता र सर्भेयरको नविकरण म्याद के होला ?

विश्वभर आंतकित रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले विद्यालय बन्द गर्दै परिक्षा समेत स्थगित गरिएकोमा बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्समा पनि म्याद थप गनुपर्छ भन्ने माग उठेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS