काठमाडौं । अपि पावर कम्पनीको १६ औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले यसअघि चैत ७ गते शुक्रबार कार्की बैंक्वेट माइतिघरमा बिहान ११ बजे आह्वान गरेको थियो ।
विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणका रोक्न भन्दै सरकारले चैत ५ गते कुनैपनि सार्वजनिक स्थानमा २५ जना वा सो भन्दा बढी व्यक्ति जमघट हुन रोक लगाउने निर्णय भएपछि कम्पनीले अर्को सूचना प्रकाशन नभएसम्मका लागि साधारण सभा स्थगित भएको जनाएको छ ।