IME Life

राष्ट्रिय सभाको बैठक स्थगित, इजलास स्थगनको निर्णय गर्न सर्वोच्च अदालतमा बैठक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा हालसम्म नदेखिएको भएपनि विश्वभर फैलिएको कोरोनाको प्रभावले नेपाललाई विस्तारै प्रभाव पार्दैछ । यसैक्रममा राष्ट्रिय सभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबार बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्ति केन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित गरेको हो ।

Prabhu
Crest

उता, देशैभरिको न्यायालयहरुमा इजलाश स्थगित गर्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतमा बैठक बसिरहेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश तथा न्यायाधिशबीच इजलाशमा कोरोनाको संक्रमण हुन नदिनेबारेमा छलफल भइरहेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS