IME Life

कोरोनाको त्रासपछि भारततर्फको जमुनाहा सीमा नाका बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाबाट त्रासबाट नेपाललाई सुरक्षित राख्ने अभियानमा रहेको सरकारले भारतसँगको सीमा नाकाबाट सर्वसाधारणको आवत जावत बन्द गर्ने तयारी गरिरहेको छ । यसैबीच, आजदेखि मध्ये नेपालको भारतसँग जोडिएको सीमा नाका जमुनाहा बन्द गरिएको छ ।

Prabhu
Crest

कोरोना भाइरस संक्रमण नेपालतर्फ फैलिन नदिन बाँके जिल्लाको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । साथै सर्वसाधारणको आवत जावत समेत न्यून छ ।

भारतको उत्तर प्रदेशमा कोरोना रोगी बढ्दै जाँदा सीमा नाका बन्द गरिएको हो । दुवै देशका सुरक्षार्मीबीचको बैठकपछि यस्तो निर्णय गरिएको हो ।

नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज बाहेकका अनौपचारिक नाकाहरु सबै बन्द गरिएको छ । खुला सीमाको कारण दुई देशका बीचमा निगरानीरहित मानिसहरु ओहोर दोहोर हुनसक्ने हुँदा सबैलाई नियमनको दायरामा ल्याउन यस्तो निर्णय गरिएको हो । स्थानीय नेपालगन्ज नाका भने खुल्ला छ । त्यहाँ हेल्थ डेस्क सहितको कडा चेकजाँचपछि मात्रै नेपालतर्फ प्रवेश गर्न दिइएको प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।

तस्विर सौजन्यः भगतराम थारु/नेपालगन्ज न्यूज

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS