IME Life New

बैशाख १८ गतेसम्म सिनेमा हल र नाईट क्लब बन्द गर्ने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोनाबाट बच्न सरकारले भोलिदेखि लागू हुने गरी सिनेमा हल तथा नाईट क्लव जस्ता सर्वसाधारणको जमघट हुने स्थानहरु बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेको नोभेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैशाख १८ गतेसम्मका लागि अर्को व्यवस्था नभएसम्म देशैभरिका सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको हो । उपप्रधान एवं रक्षामन्त्री तथा उच्च स्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको अध्यक्ष बसेको बैठकले यसतो निर्णय गरेको हो ।

Esewa
Crest

बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको बैठकपछि पत्रकारहरुलाई जानकारी दिइयो ।

बैठकले गृहमन्त्रालयलाई सो निर्णय कार्यान्वयन गराउने जिम्मेवारी समेत तोकिएको छ । आज सिंहदरवारमा बसेको बैठकले अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको जनाएको छ ।

त्यस्तै बैठकले देशैभरिका हरेक होटल तथा शपिङ मलहरुमा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS