IME Life New

शेयर ब्रोकर सनी सेक्युरिटिजको आयोजनामा नारायणगढमा खुला रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शेयर खरिद बिक्री गर्ने संस्था सनी सेक्युरिटिज/ब्रोकर न-४२ को रिमोट वोर्क स्टेशन नारायणगढको आयोजना तथा लायन्स क्लब अफ बालकुमारी कलेजको सह-आयोजनामा आइतबार खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानमा २८ जना महिला र २४ जना पुरुष गरी कूल ५२ जनाले रक्तदान गरेका छन् । कार्यक्रम सनी सेक्युरिटिज नारायणगढ शाखा प्रमुख उज्वल पौडेलको अध्यक्षता तथा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी चितवनका सदस्य तथा अग्रज रक्तदाता जगदीश्वर खनाल र लायन्स क्लब अफ बालकुमारी कलेजका अध्यक्ष विष्णुलाल श्रेष्ठ अतिथि रहेको पौडेलले जानकारी दिए ।

Esewa
Crest

शेयर खरिद बिक्री गर्ने संस्थाले चितवनमा पहिलो पटक यस्तो किसिमको सामाजिक काम गर्न पाउदा आफुहरु उत्साहित बनेको सनी सेक्युरिटिज नारायणगढ शाखा प्रमुख उज्वल पौडेलले जानकारी दिनुभयो, नेपाल धितोपत्र बोर्डबाट ४२ नम्बर ब्रोकरको रुपमा अनुमति प्राप्त सनी सेक्युरिटिजको नारायणगढ शाखा स्थापना संगै चितवनमा लगानीको माहोल बढेको शेयर लगानीकर्ता तथा क्यापिटल प्लसका अध्यक्ष-कमल पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS