IME Life

तीन बर्षिया छोरीसहितकी आमालाई टिपरले कुल्चियो, पनौति तनावग्रस्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । काभ्रेको पनौतिमा तीन बर्षिय छोरी साथमा लिई सडक किनारामा हिड्दै गरेकी एक महिलाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा आमा–छोरीकै मृत्यु भएको छ । सो घट्नापछि सोमबार साँझ काभ्रेको पनौति तनावग्रस्त बन्न पुगेको छ ।

सोमबार अपरान्ह पनौतिस्थित मानेश्वर बसपार्क नजिकै हिडिरहेकी २६ बर्षिया जनिमाया गोले र उनकी तीन बर्षिया छोरी स्मारिकालाई बनेपाबाट पनौतिर्फ जाँदै गरेको बा५ख ५४८० नम्वरको टिपर ठक्कर दिँदा दुर्घटना भएको थियो । घटनामा घाइते भएका दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै टिपर चालक रोशी गाउँपालिकाका नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Prabhu
Crest

टिपरले निर्दोष पैदल यात्रुलाई मारेको भन्दै आक्रोसित भिडले पनौति बसपार्कमा रहेको प्रहरी बिट जलाइदिएका छन् भने प्रहरीमाथि नै ढुंगामुढा गरेका छन् । पनौति बजारमा सर्वसाधारणसँग पटक पटक दोहोरो झडप भएको स्थानीयबासीले जनाएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका इन्पेक्टर योगेन्द्र तिमिल्सिनाका अनुसार स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड टियर ग्याँस र दुई राउण्ड हवाई फायर गर्नु परेको बताएका छन् । आज राति परेकोले शान्त भएपनि मंगलबार विहानैदेखि पुनः आन्दोलन चर्काउने पीडितहरुले बताएका छन् ।

मृतककी श्रीमान छिरिङ लामा बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको खुलेको छ । कोरोनाको महामारीले हाल मलेसियालाई १४ दिनका लागि लक डाउन गर्ने त्यहाँको सरकारको निर्णय भइसकेकाले उनी आउन पाउने नपाउने स्पष्ट हुन सकेको छैन ।

घट्नामा कम्तीमा १० लाख रुपैयाँ तेस्रो पक्ष बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS