काठमाडौं । एनआईसी एसिया बैंकले नागरिक लगानी कोषको डेढ लाख भन्दा बढि कित्ता शेयर लिलामीमा राखेको छ ।
बैंकसँग रहेको लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको जनाएको छ । उक्त सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको छ । बढी मूल्य कबोल गर्नेलाई सेयर बिक्री गर्ने बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
गत विहीबार कोषको साधारण सेयर प्रति कित्ता २६०२ रुपैयाँमा कारोबार भएको छ । गत तीन महिनामा कोषको सेयर मूल्य अधिकतम प्रतिकित्ता ३११० रुपैयाँमा कारोबार भएको थियो भने न्यूनतम १६८५ रुपैयाँमा कारोबार भएको थियो । न्यूनतम बिन्दुबाट बढाबढ खोलेर शेयर लिलाम बिक्री खोलेको हो ।