काठमाडौं । कोरोनाको महामारी फैलिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकालिन अवस्थाको घोषणा गरेका छन् । उक्त संकटकाल अनिश्चित समयको लागि भएको जनाएका छन् । संकटकालिन अवस्थाको घोषणासँगै राष्ट्रपति ट्रम्पले झण्डै ५७ खर्ब रुपैयाँ अर्थात ५० अर्ब डलर खर्च गर्न सक्नेछन् ।
कोरोनाका कारण युरोप र अमेरिकी अर्थतन्त्र तहस नहस हुने क्रममा छ । शेयर बजारमा खबौं रुपैयाँ गुमिसकेको छ भने करोडौं जनता रोजगार विहिन अवस्थामा पुगेका छन् ।
यही अवस्था रहेमा युरोप रअमेरिकामा भोकमरि लाग्न सक्ने चेतावनी दिन थालिसकिएको छ । कोरोनाबाट मर्नेहरुको संख्या ५४२४ पुगिसकेको छ भने झण्डै डेढ लाख संक्रमित छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या दुई हजार २०० जना संक्रमित छन् भने ४८ जनाको मृत्यु भइसकेको छ ।