IME Life New

शेयर कारोबारको समय थपियो, नेप्से १०ः३० मै खुल्ने, ४ः०५ बजेसम्म कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको एक मात्र पुँजि बजारको कारोबार गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार समय बढाएको छ । यसअघि ११ः०० बजेदेखि १५ः०० बजेसम्म मात्रै कारोबार गर्दै आएकोमा भोलि आइतबार देखि लागू हुने गरी करिब एक घण्टा कारोबार समय थप गरेको छ ।

नेप्सेले शुक्रबार साँझ बढेको सञ्चालक समितिको निर्णय सार्वजनिक गर्दै धितोपत्र बोर्डको निर्देशन अनुसार अर्काे व्यवस्था नभएसम्मका लागि परिक्षणका रुपमा शेयर कारोबार दैनिक पाँच घण्टा विहान ११ः०० बजेदेखि १६ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको जनाएको छ ।

Esewa
Crest

नेप्सेको ८९० औं बैठकले निर्णय नं २७२३ मा प्रारम्भिक कारोबार समय बिहान १०ः३० बजेदेखि ११ बजेसम्म तोकिएको छ । ११ बजेदेखि ४ बजेसम्म बोल कबोल र निरन्तर कारोबार समय तोकिएको जनाएको छ । साथै नेप्सेले अब अन्तिम कारोबार समय समेत तोकेको छ । बोलबोल कारोबार सकिएपछि अन्तिम पाँच मिनेट अर्थात ४ः०५ सम्म अन्तिम कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS