IME Life

साप्ताहिक बीमा समीक्षाः बीमा क्षेत्रमा महिलाको आकर्षणदेखि बीमा विधेयकमाथिको छलफलसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता बीमा क्षेत्रमा महिलाको आकर्षण बढेको विषयदेखि संसदमा छलफल भइरहेको बीमा बिधेयकसम्मका विषयबस्तुहरु चर्चामा रहन पुगेका छन् । साताको पहिलो दिन कामकाजी महिलाहरु रोजगारी गर्दै प्राप्त आम्दानी बीमा गरेर बचत र दुवैबाट सुरक्षित हुने गरेको विषयले प्रवेश पाएको थियो ।

त्यस्तै, प्रथम बीमा शुल्कमा नेपाल लाईफ सबैभन्दा अगाडि रहेको तथ्याङ्क पनि बीमा समितिमार्फत लिएर सार्वजनिक गरेको थियो । यसै साताको मध्यमा दक्षिण एसियामा कोरोनाको असर बढ्दै गएको, अन्तर्राष्ट्रिय बजारमा शेयरको मूल्यमा उच्च गिरावट आएका कारण कालो सोमबार मनाएको लगायतका विषयले पनि स्थान पाएका थिए ।

Prabhu
Crest

यसैसाता, प्राईम लाइफले साढे १२ प्रतिशत बोनस घोषणा गरेको विषय पनि यो साता चर्चामा रह्यो । त्यस्तै, बीमा सर्भेएरको कामलाई बीमा समितिले केही संशोधन गर्दै क्षति मूल्याङ्कन प्रतिवेदन बिमक कम्पनी तथा बीमित दुवैले दिने व्यवस्था लागू गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा क्षेत्रमा रहेको विभिन्न कोषहरु पुँजि बजारको समृद्धिका लागि उपयोग गर्न सकिने पनि यसै साता बताएका छन् । यसले विद्यमान बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था संशोधन हुन सक्ने अपेक्षा गर्न सकिन्छ । त्यस्तै, राष्ट्रिय बीमा संस्थानका नयाँ शाखा कार्यालय जनकपुरमा स्थापना भएका लगायतका विभिन्न समाचार यसै साता प्रकाशित भएका छन् ।

यो साताको अन्तिम दिन अर्थात शुक्रबार बीमा ऐन २०७५ को मस्यौदामाथि विषयगत समिति अर्थ समितिमा छलफल सुरु भएको छ । दफावार छलफल जारी रहेको छ । दफावार छलफलमा उठेका सुझावहरुलाई समेटेर पुनः अर्को मस्यौदा तयार गरिन्छ । उक्त मस्यौदामाथि पुनः छलफल पश्चात पास हुनेछ । बीमा ऐन पास भई लागू भए पश्चात हालको बीमा समिति शक्तिशाली बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको प्रभावकारी नियमन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS