IME Life

काठमाडौंका ४ सय ५० जना बिरामीको कोरोना परिक्षण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले काठमाडौंमा कारोना लागेको आशंकामा अस्पताल पुगेका ४५० जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मध्ये एक जनामा मात्रै रिपोर्टमा कोरोना भेटिएको र उक्त व्यक्ति समेत निको भएर घर फर्केको स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोरोनाको आशंकामा नमुना परीक्षण गराइएका ४ सय ५० जना मध्ये ४४९ जनाको रिपोर्टमा कोरोना नभेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

Prabhu
Crest

मन्त्रालयका अनुसार छ जना भने अझै आईसोलेशनमै रहेका छन् । उनीमध्ये चार जनाको टेकुस्थित अस्पताल र दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यस्तै सिभिल अस्पतालबाट एक जनाको नमुना आएको र परिक्षणको क्रममा रहेको जनाइएको छ ।

विश्वभर कोरोना रोगले महामारी रुप लिएको बुधबार मात्रै विश्व स्वास्थ्य संगठनले कोरोना विश्वव्यापी महामारी रोग भएको घोषणा गरेको थियो । कोरोनाबाट बिहिवार अपरान्ह ५ः३० बजेसम्म एक लाख २७ हजार ८१० जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या चार हजार ७१७ पुगेको छ । सबैभन्दा धेरै चीनमा मृत्यु भएको छ । तीन हजार १६९ जनाको मृत्यु भएको छ भने इटालीमा ८२७, इरानमा ४२९, दक्षिण कोरियामा ६६, फ्रान्समा ४८, स्पेनमा ५५, अमेरिकामा ३८ जनाको मृत्यु भइसकेको छ ।

विश्वव्यापी महामारीको घोषणासँगै कतिपय देशहरुले आफ्नो सीमा नाका बन्द गरिसकेका छन् भने हवाई सम्पर्क समेत बिच्छेद गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS