काठमाडौं । विश्वभर कोरोनाको महामारी छ । तर, बहुमूल्य धातु सुनको मूल्य भने उच्च बिन्दुमा पुगेको छ । तीन दिनसम्म ८२ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार पुनः दुई रुपैयाँ बढेर ८२ हजार ७०० पुगेको छ ।
यो मूल्य अहिलेसम्मकै नयाँ रेडर्क हो । त्यस्तै तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
मंगलबार सुनको मूल्यमा नयाँ रेडर्क कायम राखेपनि चाँदीको मूल्य भने केहि घटेको छ । चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँबाट घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।