IME Life

जहाजबाट ओर्लिएका तीन बर्षिय भारतीय बालकमा कोरोनाको संक्रमण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको केरलामा एक तीन वर्षिय बालक कोरोना रोगबाट संक्रमित भएका छन् । इटालीबाट दुबई हुँदै कोची विमानस्थलमा ओर्लिएका ति बालकको स्वास्थ्य परिक्षणको क्रममा कोरोना भेटिएपछि तत्कालै अस्पतालमा भर्ना गरिएको छ । दुबईको विमानस्थलको स्क्रीनिङमा कारोना नदेखाएको ति बालक सकुशल जहाज चढेकोमा भारतस्थित विमानस्थलमा ओर्लदा कोरोनाले भेट्टाई सकेको थियो । जहाजभित्रै कोरोनाले कसरी संक्रमित बनायो नयाँ रहस्य थपिएको छ ।

Prabhu
Crest

पछिल्लो समयमा कोरोना भाइरसको फैलने क्रम तीव्र गतिमा अघि बढेको छ । इटालीमा एकै दिनमा २५ प्रतिशतले भारतको फैलावट बृद्धि भएपछि त्यहाँको सरकारले नयाँ नयाँ प्रतिबन्ध लगाइरहेको छ ।

दुई दिन पहिलो परिवारसहित इटालीबाट फर्कने क्रममा दुबई हुँदै उनी भारतको कोचीमा आएका थिए । जहाजमार्फत आउने क्रममा उताबाट हिड्दा सही अवस्थामा भएपनि जहाजभित्रै वा कहाँ कोरोनाले भेट्टायो भन्ने खुल्न सकेको छैन ।

भारतस्थित विमानस्थलमा स्क्रीनिङको क्रममा कोरोनाको आशंका गरिएपछि तत्कालै अस्पताल पुर्याएर आईसेलेशनमा राखेर चेकजाँच गर्दा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ति बालकको हाल केरलाको एक अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, उक्त उडानमा सँगै आएका अन्य यात्रुहरुको समेत विवरण संकलन गरेर क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको जनाइएको छ । यसअघि आकाशमा उड्दा उड्दै एक व्यक्ति कोरोनाबाट संक्रमित भएका थिए ।

कोरोनाकै कारण बढेको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानका हवाई जहाजहरुमा यात्रुको संख्या घटेको छ भने झण्डै २५ प्रतिशत उडान कटौति गरिएका छन् । कोरोनाबाट प्रत्यक्ष रुपमा सबैभन्दा धेरै हवाई कम्पनीलाई घाटा पुर्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS