काठमाडौं । नेपालभन्दा बाहिर पहिलो पटक नेपाली मूलका व्यक्ति कोरोनाबाट संक्रमित बनेका छन् । ६० हजारभन्दा बढि नेपाली रहेको दक्षिण कोरियामा कोरानाले महामारीको रुप लिइरहँदा समेत नेपालीहरुलाई केही भएको थिएन । तर, अष्ट्रेलियाको तासमेनियामा एक जना नेपाली मूलका व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।
अष्ट्रेलियाको होबार्टमा एक जना नेपाली समुदायका व्यक्ति संक्रमित भएपछि नेपाली समुदाय थप आतंकित बनेको अष्ट्रेलियाको तास्मानिया सोसाईटी अफ नेपालीले जनाएको छ ।
नेपाली सोसाईटी अफ तास्मानियाले एक सूचना जारी गर्दै नेपाली समुदायका एक व्यक्तिमा कोरोनाबाट संक्रमित भएको भन्दै सचेत हुन र सामाजिक उत्तरदायित्व निर्वाह गर्न भनिएको छ । सूचनामा संक्रमित व्यक्तिको नाम खुलाइएको छैन, तर उक्त व्यक्तिको मनोबल उच्च राख्न सबैले सकारात्मक उर्जा दिन आग्रह गरिएको छ ।