IME Life New

तोलामा झण्डै दुई हजार बढ्यो सुनको मूल्य, ८२ हजार ५०० को नयाँ रेकर्ड, किन लाग्दैछ उकालो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र बृद्धिसँगै नेपाली बजारमा पनि सुनको मूल्य आकासिएको छ । एकै दिन झण्डै दुई हजार अर्थात एक हजार ८०० रुपैयाँले बृद्धि भएपछि शुक्रबार बहुमुल्य पहेलो धातु सुनको मूल्य प्रतितोला साढे ८२ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च बिन्दु हो ।

Esewa
Crest

बिहिवार छापावाला सुन प्रतितोला ८० हजार ७०० मा कारोबार भएकोमा आज ८२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी महासंघले जनाएकोछ । त्यसैगरी तेजावी सुन प्रतितोला ८२ हजार २ सय र चाँदी प्रतितोला ८९० रुपियाँमा कारोबार भइरहेको छ ।

यद्यपि सुनको मूल्य ७० हजारबाट बृद्धि भएदेखि नै कारोबार भने न्यून हुँदै आएको छ । विगत एक महिनादेखि बढ्ने क्रममा रहेको सुनको मूल्य ७० हजार हाराहारीबाट ८० हजार नाघेसँगै बैंकहरुमा रहेको सुन बिक्री हुन छोडेको छ । मूल्य बढेपछि बिक्री नहुँदा नेपाली बैंकहरुमा करिब ५०० केजी सुन स्टक रहेको जनाइएको छ ।

अघिल्लो साताको शुक्रबार सुनको मूल्य ७८ हजार हाराहारीमा रहेकोमा एक सातामै सुनको मूल्यमा भारी बृद्धि भएको छ । विश्वभर फैलदै गरेको कोरोना भाइरसको कारण कुनै पनि बेला विश्वअर्थतन्त्रमा आर्थिक संकट आउन सक्ने भन्दै मानिसहरुले सुनमा लगानी गर्न थालेकाले विश्वव्यापी रुपमा सुनको मूल्य बृद्धि भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS