काठमाडौं । बैंकले नगद जस्तै सुनलाई पनि निक्षेपको रुपमा स्वीकार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले क बर्गका बैंकहरुलाई सुन निक्षेपको रुपमा लिन सक्ने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले सुन बैंकमा राखेर ब्याज दिने व्यवस्था गरेपछि ८० हजार माथि पुगेको सुनको मूल्य अझै बढ्ने देखिएको छ ।
नयाँ व्यवस्थासँगै सर्वसाधारणले नगद जसरी नै सुनलाई बाणिज्य बैंकमा निक्षेपको रुपमा राख्न सक्नेछन् ।
बैंकमा सुन राख्दा बैंकले सर्वसाधारणलाई ब्याज दिनेछ । राष्ट्र बैंकले सुन निक्षेपमा राख्दा ७० प्रतिशतसम्म कर्जा समेत लिन पाउने व्यवस्था गरेको छ । बैंकले न्यूनतम २५ ग्राम सुन भन्दा बढि मात्रै निक्षेपको रुपमा स्वीकार गर्न सक्नेछ । केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेपनि बैंकहरुले सुन निक्षेपको रुपमा लिन सुरु गरिसकेका भने छैनन् ।