IME Life New

एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्सलाई दाँजेर हेर्दा:

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) र नेशनल लाइफ इन्स्योरेन्स पुराना स्थापित जीवन बीमा कम्पनीहरु हुन्। आज फाल्गुन २१ गतेको बजार मूल्यलाई आधार मान्दा एलआईसी नेपालको बजार मूल्य १४९० रुपैयाँ छ भने नेशनल लाईफको बजार मूल्य ७१७ रुपैयाँ छ। दुवै कम्पनीले आर्थिक वर्ष ७६/७७ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा : एलआईसी नेपालको चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

जगेडा कोषको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालको जगेडा कोषमा ४७ करोड ५३ लाख रुपैयाँ संचित छ भने नेशनल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ६९ करोड ६ लाख रुपैयाँ  संचित छ।

जीवन बीमा कोषको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालको जीवन बीमा कोषमा ६१ अर्ब ९  करोड रुपैयाँ हुँदा नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३० अर्ब १५  करोड रुपैयाँ रहेको छ। जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेको हुन्छ ।

कुल बीमा शुल्क आर्जन : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ७ अर्ब ६९  करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार दोश्रो त्रैमाससम्ममा एलआईसी नेपालले ७ करोड ६८ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा नेशनल लाइफ इन्स्योरेन्सको खुद मुनाफा २३ करोड ५८ लाख रुपैयाँ रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउनेछ ।

कुल दावी भुक्तानीको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालले १ अर्ब ८४  करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ। त्यस्तै नेशनल लाइफले १ अर्ब ३२  करोड रुपैयाँ कुल दावी भुक्तानी गरेको छ।

भुक्तानी हुन बाँकी दावी रकमको आधारमा: चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालले १९ करोड ५६ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ भने नेशनल लाईफले २६ करोड ८० लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ।

प्रति शेयर आम्दानीको आधारमा : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार एलआईसी नेपालको वार्षिक प्रति शेयर आम्दानी ७ रुपैया ६५ पैसा छ भने नेशनल लाइफको वार्षिक प्रति शेयर आम्दानी १५ रुपैया ३० पैसा रहेको छ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS