काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । यसअघि फागुन १२ गते तोलाको ८० हजार ३०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । सुनको मूल्यले आज फेरी बुधबार रेकर्ड तोडेको छ ।
आज बुधबार छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलाको ७८ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला २२ सय रुपैयाँले नै बढेर ८० हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाही महासंघले जनाएको छ ।