काठमाडौं । कोरोना भाइरसको कारण युरोप, अमेरिका देखि विश्वका धेरै देशहरुमा कालोबजारी बढेको भन्दै चरम अभाव र समस्या पर्न सक्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोना भाइरसको कारण युरोप, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा दैनिक उपभोग्य बस्तुहरुको हाहाकार भइसकेको छ । अष्ट्रेलियामा ट्वाईलेट पेपरको चरम अभाव भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले यस घटनालाई दुःखदायी किनमेल भनेका छ । साथै संगठनले विश्वभरका मानिसहरुलाई बजारमा अभाव हुने गरी आवश्यकताभन्दा बढि सामान नउठाउन पनि आग्रह गरेको छ । संगठनले विश्वका देशहरु कोरोना भाइरसका कारण कालोबजारी मौलाउन सक्ने भन्दै सचेत गराउँद आवश्यक कदम चाल्न भनेको छ ।
नेपालमा ग्याँस भण्डारण गर्ने प्रवृत्ति बढेको बाहेकका अभाव हुने दुःखदायी किनमेल भएको छैन ।