GBIME
IME Life

लुम्बिनी जनरलको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता हकप्रद शेयर लिलाम बढाबढमार्फत फागुन १४ गतेदेखि बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

SKYWELL
Crest

उक्त हकप्रद शेयरका लागि फागुन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको थियो। शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्ने जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्ने जनाइएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS