IME Life New

लुम्बिनी जनरलको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण समूहको ९९ हजार ७२६ कित्ता हकप्रद शेयर लिलाम बढाबढमार्फत फागुन १४ गतेदेखि बिक्री खुला गरेको थियो ।

इन्स्योरेन्सले गत कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयरमा आवेदन नपरेपछि शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

Esewa
Crest

उक्त हकप्रद शेयरका लागि फागुन १४ गतेदेखि २१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने जनाएको थियो। शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्ने जनाएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा सिटिजन्स बैंकका विराटनगर, विरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS